• Banepa-8, Kavre
  • 011-660032
  • corporate@gharelulaghubitta.com
  • Check Mail

Organizational Background

१. पृष्ठभूमिः

लक्षित वर्गको संलग्नता बढाई स्थानीय साधन, सीप र श्रोतको परिचालन गर्न संरचना गत रुपमा आत्मनिर्भर विकास प्रकृयाको प्रर्बद्धन एवं बिस्तार गराउन र उपेक्षित, अल्पसंख्यक र पिछडिएका जिल्लाका विपन्न तथा न्यून आय भएका वर्गलाई आवश्यक वित्तीय सेवा उपलव्ध गराउने उद्देश्यले घरेलु लघुबित्त बित्तीय संस्था लि.” को स्थापना गरिएको हो । यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अनुसार २०७५/१०/१४ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता नं. २०७५२६/०७५/०७६ मा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७५ फागुन ०३ गतेबाट वित्तीय कारोबार गर्न ईजाजतपत्र प्राप्त गरि २०७५ साल फागुन २८ गतेबाट पूर्णरुपमा कारोबार सञ्चालनमा आएको हो । साथै, यस संस्थाको कार्यक्षेत्र राष्ट्रिय स्तरको रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ०८ बनेपा बजारमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले आ. व. २०७६/०७७ को अन्त्य सम्ममा ११ वटा जिल्लामा १३ वटा शाखा बिस्तार गरी करिब ६२०१ घरपरिवारलाइ लघुवित्त वित्तीय सेवा प्रदान गर्दै आइरहेकाे छ । आगामी दिनमा संस्थाकाे सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सदस्य वृद्वि तथा कार्यक्रम विस्तार व्यापक रूपमा गरी बढी भन्दा बढी गुणस्तरिय कर्जा लगानी गरी न्युन आय भएका तथा विपन्न वर्गका मानिस हरुलाई आयबृद्धी मुलक व्यबसाय सन्चालन गर्न सहज लघुवित्त सेवा उपलब्ध गराइ उनिहरुको सामाजिक तथा आर्थीक स्तर बृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ ।

गरीबीको रेखामुनी रहेका नेपालीहरुको आर्थिक उत्थानमा टेवा पुर्‍याउने उद्वेश्यले वित्तीय संस्थाहरु स्थापना भइरहेका छन् । उक्त वित्तीय संस्थाहरु सुगम तथा सहरी क्षेत्रमा केन्द्रित रहने र परम्परागत ढाँचा मै संचालन हुने हुँदा विपन्न तथा ग्रामीण जनता माझ वित्तीय सेवा पुग्न सकिरहेको छैन । कतिपय विकास परियोजनाले समेत समुह निर्माण गरी लघुवित्त संचालन गर्ने तर परियोजना सकिए पछि त्यस्ता समुहहरु अलपत्र पर्ने गरेका छन् । त्यस्तै देशका विभिन्न समुदायहरुमा र परम्परागत पेशालाई लक्षित गरी लगानी गर्ने वित्तीय संस्थाको खाँचो रहेको र ऋणको पहुँच विपन्न समुदाय र गरीबको अधिकार हो भन्ने कुरालाई जन–मानससम्म पुर्‍याउने लघुवित्त बैंकिङ्गको अवधारणा अनुरुप यो वित्तीय संस्थाको स्थापना गरिएको छ । नेपाल अधिराज्य भरिका जिल्लाहरुमा कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाको मुख्य लक्ष्य स्थानीय श्रम, शीप र वचतलाई परिचालन गरी समावेशी वित्तीय प्रणाली निर्माण गर्दै स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउनु हो ।

२. संस्थापक र शेयर अनुुपातः
यस सँस्थाको कुल जारी पूँजी रु. १० करोड ५० लाख रहेकोमा हाल ७ करोड ३ लाख ५० हजार संस्थापकहरुको शेयर रहेको छ । जसमा संस्थाको शेयर संरचना अनुुसार सर्वसाधारणलाइ रु.३ करोड ४६ लाख ५० हजार जारी गर्न बाँकी रहेको छ । साथै संस्थापक सेयर ६७ % र सर्वसाधारण सेयर ३३ % रहेको छ ।