• Banepa-8, Kavre
  • 011-660032
  • corporate@gharelulaghubitta.com
  • Check Mail

घरेलु लघुवित्तले समता लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित भएको छ । पुस १४ गते सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्तको साधारण सभा काभ्रेको बनेपा स्थित पन्चकन्या बैंन्क्वेटमा सम्पन्न भएको हो । राष्ट्रिय स्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्ने भएको हो ।

घरेलु लघुवित्तले स्थापनाको छोटो समयमानै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा ७ हजार ३ सय घर परिवारहरुमा सेवा विस्तार गर्दै ५९ करोड भन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिए ।