• Banepa-8, Kavre
  • 011-660032
  • corporate@gharelulaghubitta.com
  • Check Mail

घरेलु लघुवित्तले मृतककाे परिवारलाई दियो क्षतिपूर्ति रकम

काठमाडौं । काभ्रेको बनेपा स्थित घरेलु लघुवित्त वित्तीय संस्थाले काभ्रेका मृतक सदस्यको परिवारलाई १० हजार रुपैयाँ बराबरको क्षतिपूर्ति वितरण गरेको छ । संस्थाले बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य माइली कामीको मृत्यु पश्चात उनका श्रीमान डिल ब. कामीलाई एक कार्यक्रमकाबीच बीमाको सो मात्राको क्षतिपूर्ति रकम वितरण गरेको हो ।

निज सदस्य माइली कामीले संस्थाको नियमानुसार संस्थाबाट एक लाख रुपैयाँ कर्जा लिएकी थिइन् । निजको मृत्यु पश्चात संस्थाले कर्जा बीमाअन्तर्गत आफ्नो नियमानुसार लिर्नुपर्ने कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको दिने व्यवस्था अनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हिततथा संरक्षण गर्न र उनीहरुलाई आपत्कालीन अवस्थामा टेवा पुर्याउने उद्देश्य अनुरुप विभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ ।