• Banepa-8, Kavre
  • 011-660032
  • corporate@gharelulaghubitta.com
  • Check Mail

Chairman Message

घरेलु तथा साना उद्योग संघ काठमाण्डौ जिल्लाको पहलमा २०५४ सालमा घरेलु उद्यमीहरुलाई प्रोत्साहन र प्रबर्द्धन गर्न छिटो छरितो तरिकाबाट बास्ताबिक उद्यमशील बन्न चाहने निम्न तथा विपन्न बर्गलाई लक्षित गरि स–साना चालु पुंजी रकम संकलन गरी वित्तीय सेवा प्रवाह गर्ने उद्घेश्यका साथ नेपाल राष्ट्र बैंकको स्वीकृतीमा आर्थिक कारोबार गर्न घरेलु तथा साना उघोग संघको स्थापना भएको थियो ।
यस संस्थाले धेरैजना लघु उद्यमीहरुलाई तालिम दिने, ऋण प्रबाह गर्ने र स्वरोजगार तर्फ लघु उद्यमीहरुलाई आकर्षित गर्दै सयौ लघु उद्यमीहरुलाई लाभान्वीत गराउन सफल रहयो । यसरी बिगत देखि संचालन गर्दै आएको गैर सरकारी संस्थालाई नेपाल राष्ट्र बैकको निति, निर्देशन अनुुुसार लघुवित्त वित्तीय सस्थामा परिणत गर्नु पर्ने हुंदा घरेलु तथा साना उद्योग संघ काठमाण्डौ जिल्लाको पहलमा दर्ता प्रक्रिया र संस्थापक शेयरधनीहरुको लगानी जुटाई घरेलु लघुवित्त वित्तीय संस्था लि .को स्थापना भएको सहर्ष जानकारी गराउदछौं ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस घरेलु लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रकै नमुना तथा प्रतिष्ठित लघुवित्त वित्तीय संस्था बनाउने लक्ष्य राखेका छौं । संस्थाबाट प्रवाह गरिने सम्पूर्ण सेवालाई गुणस्तरीय बनाउँदै नमुना लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ हामी लागिपरेका छौं ।
विभिन्न प्रतिष्ठित पेशा व्यवसायमा आवद्घ अनुभवी व्यक्तित्वहरुको सक्रियतामा स्थापित यस संस्थालाई गरिबी निवारण र ग्रामिण विकासको एकिकृत अवधारणा अनुरुप विशेष गरी कृषि उत्पादन, वितरण तथा बजार निर्माणलाई एक आपसमा अन्र्तनिहित बनाएर आर्थिक समृद्घि हासिल गर्ने लक्ष्य तथा संकल्प रहको छ ।
समुदायमा समानताको आधारमा आर्थिक विकास गर्नका लागि स्थानीय स्तरका ग्रामिण भेगका महिलाहरुलाई वित्तीय रुपमासाक्षर बनाउँदै सो क्षेत्रमा उपलब्ध स्रोत, साधन तथा सीयको उपयोग गर्दै स्वावलम्वी उद्यमी बनाउने योजना रहेको छ । यसका साथसाथै लगानीका अन्य संभाव्य क्षेत्रहरुको पहिचान गर्दै कर्जा लगानीलाई जोड दिइनेछ । राष्ट्रको सम्वृद्घि सपना हरेक घरपरिवारको सम्वृद्घिबाट नै पुरा हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्ने उद्देश्य रहेको छ ।
हामीलाई विश्वास गरेर हाम्रो वित्तीय सेवा र सुविधा उपभोग गरिरहनु भएका ग्राहक महानुभावहरुको समग्र उन्नती, प्रगति नै हाम्रो पहिलो प्राथमिकता रहनेछ, हामी सो समृद्घिको सहयात्रामा निरन्तर तथा अटुट सहयात्री बन्नेछौं । संस्थाको लघुवित्त कारोबारलाई समयानुकुल आधुनिकिकरण तथा उत्कृष्ट प्रविधिलाई अपनाउँदै नमुना लघुवित्त बनाउने हाम्रो दृढ अठोट र संकल्प हो । अन्तमा यस संस्थासंग सम्बन्धित सरोकारवालाहरुको राय, सल्लाह, सुझाव र सहकार्यको अपेक्षा राखेका छौं ।

धन्यवाद
आङ देण्डी शेर्पा
अध्यक्ष , सञ्चालक समिती