• Banepa-8, Kavre
  • 011-660032
  • corporate@gharelulaghubitta.com
  • Check Mail

CEO’s Message

घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त संस्था हो । यस लघुवित्त वित्तिय संस्थाले आफ्ना लक्षित ग्राहकवर्ग लाई गुणस्तरिय र भरपर्दो लघुवित्त सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । खास गरि आफ्नो कार्यक्षेत्रमा बैकिंग पहुँच बाहिर रहेका लक्षित ग्राहक वर्गलाई वित्तिय साक्षरता दिलाउदै उनिहरुको दैनिक वित्तिय आवश्यकता पुरा गर्ने यसको उद्देश्य रहेको छ ।

यसै गरि स्थानिय ग्रामिण महिलाहरुमा भएको ज्ञान , सिपको उपभोग गरि उनिहरुमा उद्यमशिलताको विकासका लागि पुँजी परिचालन गर्दै उनीहरुलाई समाजमा सम्मान पूर्व बाच्ने अवसर प्रदान गर्नु नै यो वित्तिय संस्थाको ध्येय हो ।

स्थापनाको सुरुदेखि नै हामीले ग्रामिण क्षेत्रमा गएर लघुवित्त कारोवार सुरु गरि सकेका छौं । वित्तिय कारोबार सुरुवात गर्ने  क्रममै हामीले ९ (नौ) वटा शाखाहरु बाट कारोबार सुरु गरेका छौं ।ति खोलिएका शाखाहरुबाट घरेलु लघुवित्त संस्थाले खास गरि वित्तिय पहुँच बाहिर रहेका ग्रामिण क्षेत्रका मानिसहरु लाई नै वित्तिय सेवा प्रदान गर्ने छ । हामी कुनै पनि अवस्थामा यो उद्देश्य बाट बिचलित हुने छैनौ ।

यसै गरि शाखा कार्यालयहरु लाई अनलाईन बैकिंग प्रणालीबाट लघुवित्तमा आधुनिकिकरण तथा ब्यवस्थित गर्ने अभियानमा पनि हामीअगाडी बढेका छौं । हाम्रो लक्षित ग्राहक वर्गको उन्नती, प्रगति र समृद्धिको सहयात्री बन्न चाहन्छौ । हामी साच्चैनै तपाईहरुको लागी सहयोग र काम गर्न प्रतिबद्ध छौं

धन्यवाद ।

बद्रि प्रसाद अधिकारी
प्रमुख कार्यकारी अधिकृत